जनवरी १७ मा भास्कुलर समिट हुँदै, विश्वका १००भन्दा बढी विज्ञ सहभागी हुने

आगामी जनवरी १७ देखि १९ सम्म ललितपुरमा भास्कुलर(रक्तनसा, सिरा, धमनीसम्बन्धी) समिट हुने भएको छ ।
हिमालयन भास्कुलरको आयोजनामा हुन लागेको सम्मेलनबाट नसा सम्बन्धी रोगका बारेमा जानकारी गराइ समयमै उपचारको पहुँचमा ल्याउन सहयोग पुग्ने लक्ष्य लिइएको छ ।
आयोजक कमिटीका अध्यक्ष डा.सन्दीपराज पाण्डेले सम्मेलनमा रक्तनसा, सिरा, धमनीसम्बन्धी विश्वका विभिन्न सोध,अनुभव एवं अनुसन्धानात्मक कार्यपत्रबारे छलफल हुने जानकारी दिनुभयो ।
यस्तो खाले सम्मेलनबाट नेपाललाई मेडिकल टुरिजमका रुपमा विकास गर्न टेवा पुग्ने विश्वास उहाँको छ । आयोजकका अनुसार सम्मेलनमा विभिन्न मेडिकल क्षेत्रका २०० भन्दा बढी व्यक्तित्वको सहभागीता रहनेछन् ।
नेपालमा नसासम्बन्धी रोगमा भेरीकाेज भेनको समस्या धेरै देखिने गरेको छ ।
यो समस्या भएपछि बिरामीको छालामा दाग देखिने, हिंड्न नसक्ने, खुट्टा सुन्निने, दुख्ने जस्ता समस्या हुन्छ । यसको समयमै उपचार नभएमा अन्य जटिल समस्या हुन्छ।
भेरीकाेज भेनकाे समस्या देखिएपछि रगतको भाग बिग्रिएर छाला कालो हुने, नसा खुम्चने लगायतका समस्या देखिन्छन् ।
तपाईँको अभिमत