राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीमा सेवामा किन गर्यो कटौती ?
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा सेवामा कटौती गरेको छ । आइतबार (२१ गते) ‘जरुरी’ सूचना जारी गर्दै बीमा सेवामा कटौती गरेको जानकारी प्रतिष्ठानले दिएको हो ।
राष्ट्रिय बीमा बोर्डले समयमै प्रतिष्ठानलाई बीमा रकम सोधभर्ना नगरेका कारण बीमा सेवामा कटौती गर्नुपरेको प्रतिष्ठानले जनाएको छ । ‘राष्ट्रिय बीमा बोर्डको आफ्नो आर्थिक बाध्यताका कारण बोर्डबाट प्रतिष्ठानलाई समयमै बीमा रकम सोधभर्ना हुन नसकेको कारण प्रतिष्ठानलाई गम्भीर आर्थिक संकट पर्न गइ अस्पतालको नियमित सेवा प्रवाहमा असर पर्ने अवस्था सिर्जना भएको कारण बीमा कार्यक्रम अन्तरगत बीमा बोर्डबाट रकम सोधभर्ना नहुन्जेलसम्म’ सेवामा कटौती गरेको प्रतिष्ठानले भनेको छ । सो कटौटी जेठ १ गतेदेखि लागू हुनेछ ।
यससँगै तीन महिनाको लागि उपलब्ध गराउँदै आएको औषधि अब एक महिनामा उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ । त्यस्तै बीमितहरूलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया मात्र सूचारू रहने, इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुनेछ ।
विभिन्न प्रयोगशालाका परीक्षणहरू पनि स्थगित गरिएको छ ।

तपाईँको अभिमत