सक्रान्तिको दिन मौसम कस्तो रहला ?

अ +
अ -
आज माघ १ गते अर्थात् माघे सक्रान्तिको दिन देशका पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही भू–भागमा भने हुस्सु लाग्ने बताइएको छ । हुस्सुका कारण दैनिक जनजीवनमा असहज हुने भन्दै सतर्कता अपनाउन महाखाले अनुरोध गरेको छ ।
तर माघ २ गते भने गण्डकी प्रदेशको हिमाली षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने महाखाको भनाइ छ ।
तपाईँको अभिमत