महिनावारी गडबडी किन हुन्छ ? (भिडियो)
पिसिओएस वा पिसिओडीको समस्या अधिकांश महिलामा देखिने गरेको छ ।
पोलिसिस्टीक ओभिरियन सिन्ड्रोम हुँदा कसैलाई महिनावारी हुँदा रक्तस्रावनै हुँदैन भने कसैलाई धेरै हुन्छ । शरीरमा रौं धेरै हुने, मोटोपना बढ्ने हुन्छ । रगतको जाँच गरेर यसको निदान गरिन्छ ।
आजभोली धेरै महिलाहरूमा महिनावारी गढबढीको समस्या देखिने गरेको पाइन्छ । आज हामीले महिनावारी गढबढीको कारणबारे हेटौडा अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.रामकाजी महर्जनसँग कुरा गरेका छौं ।
उहाँले दिनुभएको जानकारी उहाँकै शब्दमा :
महिनावारी हरेक महिनामा हुन पर्छ । महिलाको २ वटा डिम्बमध्ये महिनामा एउटा डिम्ब निस्कनपर्छ । महिनावारी हुन डिम्बासयबाट डिम्ब निस्कन पर्दछ । डिम्ब निस्कन पायो भने महिनावारी नियमित हुन्छ यदि पाएन भने महिनावारी गडबढी हुन्छ ।
यदि कसैको महिनावारी नियमित २८ दिनमा हुन्छ भने उसको महिनावारी भएको १४ दिनमा पाठेघरको डिम्बासयबाट डिम्ब निस्कनपर्छ ।
डिम्ब निस्कन एस्ट्रोजोन हर्माेन, लिटनाइजन फलिकल इस्टुमेन्टीङ,प्रोजेस्टोरोन हर्माेन आवश्यक पर्छ । यी ४ वटा हर्माेनको गडबढीले गर्दा महिनावारी गडबढी हुने गर्छ ।
२१ दिनदेखि ३५ दिनभित्र महिनावारी भएको अवस्थलाई सामान्य मानिन्छ । तर २१ दिन अगाडि वा ३५ दिनभन्दा बढी महिनावारी हुने गर्छ भने यो सामान्य होइन । महिनावारीको समयमा सामान्यतय ३ देखि ५ दिनसम्म रक्तस्राव हुन्छ ।
ठाँउ परिवर्तन हुँदा, तनावमा हुँदा, थाइरोइडका कारणले हर्माेनमा गडबढी आउन सक्छ र महिनावारी समयमा हँदैन ।
महिनावारी गढबढीको कारण खोतलनपर्छ । उमेरअनुसार महिनावारी गढबढीको अवस्था बुझ्नपर्छ । सानो उमेर या भर्खर भर्खर महिनावारी सुरु भएको किशोरीहरूमा महिनावारी गढबढी भए आत्तिहाल्नुपर्दैन ।
तर प्रजनन उमेरमा महिलामा महिनावारी गडबढी भइरहेको छ भने समयमानै सम्बन्धित चिकित्सकलाई भेट्नपर्ने हुन्छ । प्रजनन उमेरका महिलामा लामो समयसम्म महिनावारी गडबढी भइरहे सन्तान प्राप्तीमा समस्या निम्तन सक्छ ।
परिवार नियोजनको साधनको सही प्रयोग नगर्दा, केही समय साधनको प्रयोग गर्ने अनि छाड्ने प्रवृत्तिले पनि महिनावारी गढबडीको समस्या निम्तन्छ । श्रीमान विदेश गएका बेला साधन प्रयोग गर्ने र नभएको बेला प्रयोग नगर्ने, डिपो प्रयोग गर्ने महिलाहरूमा महिनावारी गडबढीको समस्या देखिएको छ ।
डिम्बासयमा डिम्ब नबन्दा,पाठेघरको भित्ता बाक्लो बन्न पाउदैन र महिनावारीको समयमा रक्तस्राव हुन सक्दैन ।
पोलिसिस्टीक ओभिरियन सिन्ड्रोम डिजीज (पिओसिडी)
भिडियो एक्सरे गर्दा मोतिका दानाझैं सिस्टहरू देखिन्छन् । हर्माेनहरू सन्तुलित नहुँदा महिनावारी गडबढी हुन्छ । महिनावारी हुन पाठेघरको छेउमा रहेको डिम्बासयमा डिम्बहरू बन्नपर्छ । तर हर्माेनहरू सन्तुलित नहुँदा डिम्बहरू बन्न सक्दैनन् र डिम्बायसको भित्ता बाक्लो हुन पाउँदैन । डिम्बायसमा सिस्टहरू त धेरै बन्छन् तर तिनीहरू परिपक्व हुँदैनन् र जबसम्म सिस्ट परिपक्व हुँदैन तबसम्म पाठेघरको भित्ता बाक्लो हुँदैन ।
महिनावारी भएको ४ दिनदेखि ११ दिनसम्म हर्माेनहरू धेरै हुनपर्ने हो त्यो बेला डिम्ब बन्न पाउदैन । डिम्बासयबाट डिम्ब निस्कन नपाएपछि प्रोजस्टेरोन हर्माेनहरू निस्कन पाउदैन जसले पाठेघरको भित्ता बाक्लो हुँदैन र महिनावारी हुँदैन ।
पिओओएसको समस्या अधिकांश महिलामा देखिने गरेको छ । पोलिसिस्टीक ओभिरियन सिन्ड्रोम हुँदा कसैलाई महिनावारी हुँदा रक्तस्रावनै हुँदैन भने कसैलाई धेरै हुन्छ । शरीरमा रौं धेरै हुने, मोटोपना बढ्ने हुन्छ । रगतको जाँच गरेर यसको निदान गरिन्छ ।
उपचार
सर्वप्रथम महिनावारी गढबढीको कारण पत्ता लगाउनपर्छ । यदि हो भने ओसीपी ओरल कन्ट्रासेप्टिभ पिल्स खाएर महिनावारी नियमित गराउन सकिन्छ । तर धेरैले पिल्स भन्नाले बच्चा नजन्माउन खान प्रयोग हुने औषधि भनेर बुझ्छन् र उपचारमै आउन चाहँदैनन् । महिलाहरूको यस्तो बुझाइले उपचारमै समस्या देखिरहेको छ ।
यो औषधिले कसै कसैलाई पोतो आउने लगायतका साइड इफेक्टहरू देखिनसक्छन् । पिसिओस उपचार गर्न हिच्किचाउँछन् तर महिनावारी गडबढी हुँदा गरिने उपचार नै ओसीपी हो ।
महिनावारी सुरु भएपछि प्रजनन क्षमता ३५ उमेरसम्म पनि यो समस्या देखिन्छ । यो समस्या २३ २४ वर्षउमेरसम्ममा धेरै देखिन्छ ।
तपाईँको अभिमत