२४ घण्टामा ३८ जना कोरोनामुक्त हुँदा ४ नयाँ थपिए

अ +
अ -
पछिल्लो २४ घण्टामा ४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार ५१२ पीसीआर परीक्षण गर्दा ३ जनालाई कोरोना देखिएको छ ।
त्यसैगरी ४२८ एन्टिनेज परीक्षण गर्दा १ जनालाई संक्रमण पुष्टि भएको छ । २४ घण्टामा जम्मा परीक्षण ९४० भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा एसएमएस र इमेलबाट आएका एन्टिनेज परीक्षणको विवरण समेत समावेश भएको जानकारी मन्त्रालयले दिएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । ३८ जना कोरोनामुक्त भएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २६३ छ ।
तपाईँको अभिमत