खराब जुत्ता लगाउँदा पनि हुनसक्छ नसा च्यापिने समस्या(भिडियो)
आजभोलि नसा च्यापिने समस्या लिएर स्वास्थ्य-संस्था धाउनेहरु धेरै छन्। नसा च्यापिने समस्या विशेषगरी गर्दन र कम्मरमा हुन्छ।
हाम्रो बस्ने आसन, जीवनशैली, खानपिनदेखि काम गर्ने तरिका गलत हुँदा कम्मर तथा गर्दनका नसा च्यापिने समस्या बढिरहेको यसको उपचार संलग्न विज्ञहरु बताउनुहुन्छ।
प्राकृतिक उपचारमा विगत २४ वर्षदेखि संलग्न अकुपञ्चरिस्ट सुदर्शन बस्नेत कम्मर र गर्दनको नसा च्यापिने समस्या बढ्नुमा प्रमुख ३ वटा कारण रहेको बताउनुहुन्छ।
उहाँका अनुसार खराब आसन, जीवनशैली, कम्मर र गर्दनलाई भार पर्नेगरी गतिविधि गर्दा नसा च्यापिने समस्या बढिरहेको छ। जस्तो हामी कुनैपनि सामान उचाल्दा अगाडि झुक्दा, लामो समयसम्म एउटै पोजिसिनमा बस्दा, कुर्सीमा बसेर घण्टौंसम्म ल्यापटप वा कम्युटर चलाउँदा, अनावश्यक मोबाइलको प्रयोग गर्दा नसा च्यापिने समस्या निम्तन सक्छ।
हाम्रो खराब बानीकै कारण नसा च्यापिने जोखिम बढिरहेको बस्नेतको भनाइ छ। लामो समयसम्म गाडी चलाउनुपर्ने, मोटरसाइकलमा कुद्नुपर्ने, कम्प्युटरमा काम गर्नुपर्ने, निहुरिएर काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिले नसा च्यापिने समस्या निम्त्याइरहेको उहाँले बताउनुभयो
धेरैजसो महिलाहरुमा लामो समयसम्म एउटै पोजिसनमा बसेर बिहान पुजा गर्दा, भान्सामा काम गर्दा, भारी बोक्दा, कार्यालयमा काम गर्दा कम्मरको नसा च्यापिने समस्या देखिएको बस्नेतले जानकारी दिनुभयो।
खराब जुत्ता पनि नसा च्यापिने समस्याको कारक
खराब जुत्ता पनि नसा च्यापिने समस्याको कारक बनिरहेको अकुपञ्चरिस्ट बस्नेत बताउनुहुन्छ। खराब जुत्ताका कारण महिला र पुरुष दुवैमा कम्मरमा नसा च्यापिने समस्या देखिन सक्छ।
दुवै जुत्ताको साइज बराबर भएन भने नसा च्यापिने समस्या हुनसक्छ । खुट्टाको आकार र जुत्ताको सोल उस्तै हुनुपर्छ। जुत्ता टाइट लगाउँदा पनि खुट्टाको टार्सल सिन्ड्रोम देखिन्छ। त्यसैले ब्राण्डेड र गुणस्तर परीक्षण भएका जुत्ता मात्रै प्रयोग गर्नेतर्फ सचेत हुनपर्ने बस्नेतको भनाइ छ।
हिल जुत्ताको प्रयोग गर्दा महिलामा नसा च्यापिने समस्याको जोखिम बढ्छ। हिल जुत्ता प्रयोग गर्दा खुट्टाले जमिनमा जति टेक्नुपर्ने हो त्यत्ति टेक्न सक्दैन, सन्तुलन बिग्रिन्छ, हिल जुत्ताले खुट्टा चिप्लने समस्या हुन्छ र मांसपेशीमा कडापन देखिन्छ र नसाहरु च्यापिन्छन् बस्नेतले भन्नुभयो।
धेरै पुरुषहरुमा पर्सका कारण पनि कम्मरको नसा च्यापिएको देखिएको छ। पछाडि पर्स राख्दा शरीरको पोजिसन बिगार्छ र त्यसले मेरुदण्डमा असर गरेर पिरिफोर्मिस मांसपेशीको समस्या निम्तन्छ परिणाम स्वरुप कम्मरको नसा च्यापिन्छ।
सही आशन ग्रहण
कम्मरको नसालाई सुरक्षित गर्न सिधा अगाडि झुकेर सामान नउचाल्ने, यदि सामान सिधा उचाल्नै परेमा एउटा खुट्टा अगाडि र एउटा पछाडि राखेर घुँडा दोबार्नुपर्छ। लामो समयसम्म पलेँटी कसेर बस्न हुँदैन, बाइक तथा गाडी चलाउँदा या बस्दा ढाडलाई सिधा राखेर चलाउने र बस्ने, टेवल वर्क गर्दा टेवलमा कुसन राखेर काम गर्नपर्छ।
एउटै पोजिसनमा बस्न हुँदैन जस्तै उभिने, बस्ने, सवारी चलाउने जस्ता क्रियाकलाप लामो समय गर्नुहुँदैन यी कार्य गर्दा आधा एक घण्टाको समयमा ५ मिनेटको विश्राम लिएर पोजिसन परिवर्तन गर्नपर्छ।
कुनैपनि ठाउँमा बस्दा ढाडलाई सिधा बनाएर बस्नुपर्छ। धेरै अगाडि वा पछाडि झुकेर बस्नु हुँदैन,’उहाँ भन्नुहुन्छ, ‘हामी कुर्सीमा बस्दा मिल्छ भने कम्मरको पछाडि एउटा कुसन राख्नुपर्छ। कुर्सी र हाम्रो कम्मरको बीचको ग्यापलाई हटाउन कुसन राख्नपर्छ।
गर्धन झुकाएर चलाउने गरी कम्प्युटर तथा ल्यापटपलाई राख्दा गर्धन दुख्ने समस्या हुन्छ। त्यसैले कम्प्युटर र ल्यापटपलाई आँखाको लेबल सिधा हुने गरी राखेर चलाउनपर्ने बस्नेत बताउनुहुन्छ।
सुताइ नमिल्दा पनि नसा च्यापिने समस्या
सुताइ नमिल्दा पनि नसा च्यापिने समस्याको जोखिम बढ्छ। घोप्टो सुत्ने, कुप्रो सुत्ने गर्न हुँदैन। घोप्टो सुताइ राम्रो होइन। २ खुट्टको बीचमा तकिया राखेर सुत्दा राम्रो हुन्छ। राति निदाइरहेको बेला पनि बिउँजिदा सुताइको पोजिसन परिवर्तन गर्नुपर्छ।
नसा च्यापिएको समस्याको उपचार कसरी ?
धेरै प्रतिशत नसा च्यापिएको केस क्लिनिकल टेस्टबाट नसा च्यापिएको समस्या पत्ता लाग्छ। कम्मरको नसा च्यापिएको केसमा खुट्टाको पावर टेस्ट गरेर,छामेर, फेवर टेस्ट गर्दा थाहा हुन्छ। गर्दनको केसमा पनि छामेर, एक्सरे, सिटीस्क्यान, एमआरआई गरेर गरिन्छ। आधुनिक चिकित्सापद्धतीबाट आएको नतिजाका आधार प्राकृतिक उपचार पद्धतिबाट उपचार गरिन्छ। कहाँको नसा कति च्यापिएको छ भन्ने लागि पक्का गर्न एक्सरे, सिटीक्यान एमआरआई गरिन्छ।
बस्नतेका अनुसार विभिन्न अध्ययनहरुले संसारभर नसा च्यापिएको ८० देखि ८५ प्रतिशत केसमा प्राकृतिक उपचारबाटै ठिक हुने देखाएका छन्।
रेड फल्याग्को केसमा भने शल्यक्रिया नै गर्नुपर्छ। खुट्टाको मांसपेशी सुक्यो भने पनि शल्यक्रिया गरिन्छ। ६ महिनासम्म गरिएको उपचारबाट निको भएन भने शल्यक्रिया नै गर्नुपर्छ।
नसा च्यापिएको समस्याको समाधान गर्दा सुरुमा दुखाइ व्यवस्थापन, फिजियोथेरापी, पुर्नस्थापनाको विधिबाट उपचार गरिन्छ। दुखाइ व्यवस्थापनमा अकुपञ्चर उपचार पद्धति निकै प्रभावकारी हुन्छ। अकुप्रेसरबाट मांसपेशीको ट्रिगरलाई सन्तुलन गरिन्छ। साथै फिजियोथरापिस्टको सहयोगमा सही आशन, व्यायाम सिकाइन्छ।
अकुपंचर, अकुप्रेसर, मोक्सिबस्टन चिनियाँ परम्परागत उपचार पद्धति हुन्। शरीरका विशेष बिन्दुहरुमा सियोले घोचेर गरिने उपचार पद्धति हो, अकुपञ्चर। त्यही विशेष विन्दुहरुमा हातको औँला, कुहिनाले, हत्केलाले थिचेर गरिने उपचार पद्धति अकुप्रेसर हो।
तितेपातीबाट बनेको एक विशेषप्रकारको भुवाँलाई बालेर तातो दिने विधिलाई मोक्सिबस्टन भनिन्छ। यो चिनियाँ उपचार पद्धतिलाई विश्व स्वास्थ्य संगठनका साथै नेपालले पनि मान्यता दिइसकेको छ। आजभोलि नसा च्यापिएको समस्याको समाधान गर्न प्राकृतिक उपचारमै आकर्षण बढेको छ
गर्दनको नसा के कारण च्यापिन्छ ?
मोबाइल, ल्यापटप र टेवल वर्कका कारण गर्दनमा नसा च्यापिने समस्या निम्तन्छ। गर्दनलाई उचाइमा राखेर सिरानी राख्ने गर्छ। यसका लागि मोवाइल, ग्याजेटको दुरुपयोग बन्द गर्नपर्छ। आवश्यक काममा मात्रै ल्यापटप, कम्युटर, मोबाइल चलाउनपर्छ। ल्यापटप चलाउँदा आशन मिलेको हुँदैन।
ल्यापटपको माथिल्लो भाग आँखाको लेभलमा पुग्नेगरी प्रयोग गर्नपर्छ। गर्दनका लागि नियमित रुपमा फिजियोथेरापिस्टसँग कसरतहरु सिकेर गर्नपर्छ। मोबाइलको कारण नाडीमासमेत असर गर्छ। सबैभन्दा बढी गर्दन र नाडीमा कार्पल टनेल सिन्ड्रोम समस्या देखिएको छ।
नसा च्यापिएको समस्या भएका व्यक्ति आत्तिने र वेवास्ता गर्नु हुँदैन
कम्मर या गर्दनमा नसा च्यापिएको समस्या भएका व्यक्ति आत्तिनु र वेवास्ता गर्न हुँदैन। एकथरी बिरामी नसा च्यापिएपछि दैनीकीमा असर गर्यो भनेर चिन्ता लिने गरेको पनि पाइन्छ। तर यसको निश्चित उपचारपछि निको हुन्छ। अर्काेथरी व्यक्ति नसा च्यापिएको हो केहीदिनमै निको निको हुन्छ भनेर वेवास्ता गर्ने गरेको पनि पाइन्छ।
कम्मरमा दुख्यो र त्यो दुखाँइ हिप हुँदै खुट्टासम्म पुगेर झमझमाउने समस्या देखियो भने नसा च्यापिएको हुनसक्ने शंका गर्नपर्छ र समयमै सम्बन्धित चिकित्सकसँग परामर्श गरी उपचार गर्नपर्छ। नसा च्यापिएको समस्याको जतिसक्दो छिटो उपचार गरे त्यति नै प्रभावकारी हुन्छ र निको पनि हुन्छ।
तपाईँको अभिमत