नुवाकोटमा कोरोनाबाट वडाअध्यक्षको निधन
अ +
अ -
कोरोना संक्रमणका कारण नुवाकोटका एक वडा अध्यक्षको निधन भएको छ । तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको आइतबार बिहान निधन भएको हो।
गत ७७ वर्षीय अधिकारीलाई कोरोना संक्रमण भएपछि गत असारमा अस्पताल भर्ना गरि उपचार गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत हुनुहुन्थ्योे ।
काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचाररत अवस्थामा आइतबार बिहान उहाँको निधन भएको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिनुभयो ।
अधिकारी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
तपाईँको अभिमत