काठमाडौं उपत्यकामा २०७ सहित ५५४ जनालाई कोरोना, ५८५ संक्रमित काेराेनामुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५४ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २५९ जनाको पीसीआर परीक्षण भएकोमा ५५४ जनालाई कोरोना पोजेटिभ भएको भएकाे हाे ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २०७ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ लाख ५७ हजार २२९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५८५ जनाले कोरोना जिते ।
यसैगरी २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको रहेको छ ।
तपाईँको अभिमत