१९ हजार ७६६ लाई डेंगु, २५ जनाले ज्यान गुमाए
साउन महिनादेखि हिजो असोज ५ गतेसम्म १९ हजार ७६६ डेंगुका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ७५ जिल्लामा डेंगु फैलिएको छ । २५ जनाको मृत्यु समेत भएको छ ।
१४ हजार ८३२ अर्थात ७५ प्रतिशत भन्दा बढी डेंगुका केस बागमती प्रदेशमा मात्रै छ ।
यसपछि १३.७ प्रतिशत अर्थात २७०८ केसै लुम्बिनी प्रदेशमा देखिएको मन्त्रालयले जानकारी दिएको छ । बाँकी ११.३ प्रतिशत केस अन्य ५ प्रदेशमा छ ।
डेंगुसँग मिल्दाजुल्दा लक्षण देखिएका धेरै बिरामीहरु परीक्षण गर्न वा स्वास्थ्य संस्थामा नगई घरमै बसिरहेको देखिन्छ । यो हेर्दा माथि उल्लेखित भन्दा डेंगु संक्रमणको अवस्था धेरे बढी रहेको अनुमान लगाउन सकिन्छ ।
नियन्त्रणका लागि प्रयासहरु भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । तर पनि केस बढ्दो अवस्थामै देखिन्छ ।
तपाईँको अभिमत