२४ घण्टामा ७६० संक्रमित थपिए, ४४ जना आइसीयूमा

फाइल फोटो।
अ +
अ -
पछिल्लो २४ घण्टामा ७६० नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ४९४ र एन्टिजेन परीक्षणबाट २६६ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा २५८९ पीसीआर र ३३३७ एन्टिजेन गरी ४९२६ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
३२४ जना कोरोनामुक्त भएका छन्। २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।
सक्रिय संक्रमितको संख्या ५६०२ पुगेको छ । मन्त्रालयका अनुसार यी मध्ये ५४४० जना होमआइसोलेसनमा रहँदा १६२ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।
४४ जनाको आइसीयूमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
तपाईँको अभिमत