खोप लगाएका र नलगाएका व्यक्तिमा कोरोनाको लक्षण फरक - फरक

नाकबाट पानी बग्नु, टाउको दुख्नु, हाच्छिउँ आउनु, घाँटी दुख्नु र लहरे खोकी लाग्नु । यी दुई वा दुईभन्दा बढी मात्रामा कोरोनाभाइरस विरूद्धका खोप लगाएर पनि कोभिड हुनेमा धेरैजसो देखिने लक्षण हुन्।
खोप नलगाएका मानिसहरूमा सबैभन्दा टाउको दुख्छ, त्यसपछि घाँटी दुख्छ, त्यसपछि नाकबाट पानी बग्छ, अनि ज्वरो आउँछ र अन्त्यमा खोकी लाग्छ। यी तथ्यहरू यूकेमा दुई वर्षभन्दा धेरै समयदेखि घटनाहरूको निगरानी गरेपछि थाहा भएको हो।
प्रविधि कम्पनी जोईले विकास गरेको एउटा एपको सहायताले त्यस्तो अध्ययन गरिएको थियो।
उक्त तथ्याङ्कलाई किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूसँग मिलेर विश्लेषण गरिएको थियो जसलाई ब्रिटिश जनस्वास्थ्य सेवा एनएचएसले सघाएको थियो।
४७ लाखभन्दा धेरै उक्त डिजिटल प्लेटफर्ममा सूचीकृत भएका प्रयोगकर्ताहरूले कोभिड पोजिटीभ देखिएपछि आफूमा विकास भएका लक्षणबारे उल्लेख गरेका थिए।
जसका भरमा विज्ञहरूले धेरै साझा लक्षणहरूबारे वर्गीकरण गरेका छन् जुन महामारीभरि उल्लेख्य रूपमा परिवर्तन भएको छ।
कम्तीमा दुई मात्रा खोप लगाएका मानिसहरूमध्ये धेरैमा देखिएका कोभिड लक्षण :
-नाकबाट पानी बग्नु
-टाउको दुख्नु
-घाँटी दुख्नु
-लहरे खोकी
-कुनै मात्रा नलगाएकामा देखिने मुख्य लक्षणहरूमास्
-टाउको दुख्नु
-घाँटी दुख्नु
-नाकबाट पानी बग्नु
-ज्वरो
लहरे खोकी
मुख्य फरक भनेको खोप नलगाएकामा ज्वरो देखिन्छ जुन निकै गम्भीर समस्या देखाउने सङ्केत हो। खोप लगाएका सङ्क्रमितहरूले दुई वा बढी मात्रा खोप नलगाउनेको तुलनामा धेरै टाउको दुख्ने र घाँटी दुख्ने बताएका छन्।
यो परिवर्तनको व्याख्या गर्ने कारण छ, जस्तो खोप लगाएका व्यक्तिमा कम गम्भीर लक्षण हुने कुरा अनुसन्धानकर्ताहरूले भनेका छन्।
हामीले तन्नेरीहरूमा देखिएको उच्च सङ्क्रमणलाई समेत ख्याल गर्नुपर्छ किनकि उनीहरूमा गम्भीर र स्पष्ट लक्षण देखिने सम्भावना कम हुन्छ,उनीहरूले भनेका छन्।
त्यसका लेखकहरूले लक्षणहरूको वर्गीकरण उक्त एप्लिकेसनमा राखिएका सूचनाका भरमा मात्र भएको भन्दै सजग गराएका छन्।
एनएचएसका अनुसार यस रोगका पूर्ण लक्षण यस्ता छन् :
शरीर निकै तात्नु वा चिसो भएर काप्नु
लहरे खोकी : यसको अर्थ एक घण्टाभन्दा धेरै समय खोकिरहनु वा २४ घण्टामा तीन पटक वा धेरै चरणमा लामो समय खोक्नु
गन्ध वा स्वादमा कमी आउनु वा परिवर्तन हुनु
-स्याँस्याँ हुनु
-थकित अनुभव हुनु
-जीउ दुख्नु
-टाउको दुख्नु
-घाँटी दुख्नु
-नाक बुझिनु वा नाकबाट पानी बग्नु
-पाचन क्षमता घट्नु
-झाडापखला
-ज्वरो
-आफूमा कोभिडको लक्षण भए के गर्ने ?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकारीहरूका अनुसार यदि तपाईँमा कोभिडका एक वा बढी मुख्य लक्षणहरू देखिएमा सुरुमा गर्नुपर्ने काम भनेको घरमै बस्ने र अरुसँगको घुलमिल घटाउने हो।
किन धेरै मानिसलाई दोहोर्याएर कोभिड सङ्क्रमण भइरहेको छर?
कोरोनाभाइरसका नयाँ(नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन्
जसका लागि धेरै देशमा सबैभन्दा प्रभावकारी मानिने पीसीआर परीक्षणबाहेक औषधि पसल वा अन्यत्रबाट किन्न पाइने एन्टीजन परीक्षणको सहायता लिन सकिन्छ।
यदि नतिजा पोजिटीभ देखिएमा पाँचदेखि सात दिनसम्म एकान्तबास बस्नु आवश्यक हुन्छ।
बीबीसी ।
तपाईँको अभिमत