सन् २०२० : मानव जातिलाई झस्कायो, कोरोनाबाट डराएर भागदौड

स्वास्थ्य क्षेत्रमा सन २०२० युगौँसम्म कहिल्यै नबिर्सने वर्ष बन्यो । निकै त्रासदीपूर्ण वर्ष बन्यो । २०१९ को अन्तिम महिनामा चीनको युहानमा नयाँ खालको कोरोना भाइरस कोभिड–१९ पत्ता लागेको थियो । त्यसको करिब ६ महिना त्यो भाइरसको प्रभाव विश्वभर फैलियो । सन २०२० भरि नै विश्वभरका मावन जातिलाई यस भाइरसले हायलकाल पा¥यो ।
विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार सन २०२० को अन्तिम दिनसम्म करिब ८ करोड १५ लाख मावनमा यो भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । करिब १८ लाख मावनको मृत्यु यसै भाइरस संक्रमणका कारण भएको छ । चीनपछि एसियाकै दक्षिण कोरियामा यो भाइरसको प्रभाव अलि धेरै देखिएको थियो ।
त्यसपछि युरोपेली मुलुक इटाली स्पेनमा व्यापक फैलियो । संयुक्त राज्य अमेरिका, ब्राजिल लगायत भलभग विश्वभर यो भाइरसको संक्रमण फैलियो । विश्वका अधिकांश मुलुकमा लामो समय लकडाउन गरियो । मावन जातिका अनेकौँ गतिविधि ठप्प भए । आफूलाई उन्मुक्त, शक्तिशाली र अजेय ठानेर धर्तीमा एकछत्र राज चलाइरहेको मावन जातिलाई कोभिड–१९ भाइरसले त्राहिमाम बनायो ।
मृत्युको त्रासले मावन जाति लामो समय खुम्चिएर, थुनिएर बस्न बाध्य भए मानिस । इच्छा, आकांक्षा, सपना, योजना सबैलाई थाति राखेर कोभिड भाइरसको पहुँचबाट टाढै रहने र कम्तिमा जीवित रहने एकमात्र अभिलाशामा बोेकेर प्रतिक्षारत अवस्थामा बस्न बाध्य बनायो मानव जातिलाई ।
जति लुकेपनि जति भागेपनि,यो भाइरसको प्रभावबाट मुक्ति पाउन भने निकै कठिन देखियो । ढिलो, चाँडो यसले सबैजसो मुलुकलाई प्रभावित तुल्याएर छाड्यो ।
लामो समयको लक डाउनले यातायात बन्द भए, कलकारखाना चलेनन्, मानव जातिको गतिविधि ठप्प भयो । यसले पृथ्वीलाई निकै राहत मिलेको चर्चा भएको थियो । वायुमण्डलबाट कार्बनको मात्र निकै घटेका तथ्यहरु बाहिर आइरहेका थिए । यो भाइरसको अन्त्य अनिश्चित बन्यो । २०२० को आधा समय घर्किसकेपछि संसारले के महसुस गर्दै गयो भने ‘अब यो भाइरससँग लड्दै-भिड्दै र यसलाई परास्त गर्दै जीवन चलायमान बनाउनुको विकल्प छैन ।’ अनि विस्तारै जनजीवन चलायमान हुन थाल्यो ।
नेपालमा कोरोना संक्रमण फेला परेको २३ जनवरीमा पुष्टि भयो । १३ जनवरीमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चीनको वुहानबाट आएका युवामा कोभिड–१९ भाइरस संक्रमण रहेको पुष्टि भएको थियो ।
कोरोना संक्रमण व्यापक फैलिएपछि चीनको वुहान शहरमा लामो समय लकडाउन गरिएको थियो । थुप्रै नेपालीहरु त्यहाँ अड्किएका थिए । फेब्रवरी १६ मा वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको थियो । यो नेपालमा पहिलो र सफल क्वारेन्टाइन अभ्यास थियो ।
मार्च १६ मा नेपालमा संक्रमणको दोस्रो केस फेला प¥यो ।फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी काठमाडौंकी एक युवतीमा संक्रमण फेला परेपछि नेपालमा कोरोनाको त्रास व्यापक भयो । छिमेकी मुलुक भारतमा संक्रमण दर उच्च भएपछि लकडाउन घोषणा गरिएको थियो । नेपालमा पनि भित्रभित्रै व्यापक रुपमा संक्रमण फैलिएको आँकलन गरी १८ मार्चबाट अनिश्चितकालीन लकडाउन सुरु गरियो ।
४ महिना लामो लकडाउन, निषेधाज्ञा, विभिन्न खाले प्रतिबन्ध ती कुनै कुराले पनि कोभिड–१९ को महामारीलाई रोक्न सकेन । सन २०२० को अन्तिम दिनसम्म नेपालमा २ लाख ६० हजार ५९३ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । १ हजार ८५६ जनाको मृत्यु भइसकेको छ ।
कोभिड–१९ को जोखिम अहिले पनि उत्तिकै रहेको देखिन्छ । यस भाइरसका नयाँ प्रजाति देखा परेको अध्ययनले देखाएको छ । विभिन्न मुलुकमा संक्रमणका दोस्रो लहर सुरु भएका खबर आइरहेका छन् । २०२० को अन्त्य र २०२१ को सुरुवातको चरणमा आइपुग्दा केही आशाको सञ्चार भइरहेको छ । कोभिड–१९ विरुद्धको खोप बनेको छ । थुप्रै मुलुकमा यसको प्रयोग पनि सुरु भइसकेको छ ।
खोपले कति काम गर्छ । त्यसको पहुँच नेपालजस्तो गरिब राष्ट्रका सर्वसाधारणसम्म पुग्छ पुग्दैन । यी प्रश्नहरु अनुतरित्त छन् । समग्रमा सन २०२० कोरोना भाइरस (कोभिड–१९) को त्रासबाट बच्न भागदौड गर्दैमा बित्यो । यसले विश्वभरको मानव जातिलाई झस्काएको छ ‘यो धर्तीमा हामीले सबैलाई परास्त गर्नसक्छौँ भन्ने मानवीय सोचलाई चुनौती दिएको छ । यो त्रासदीलाई सन २०२१ ले अन्त्य गर्ने र पूरानै लयमा विश्व फर्किने आशा गर्न सकिन्छ ।
तपाईँको अभिमत