काठमाडौं आउँदै गरेको यात्रुबस भीरमा ठोक्किएर दुर्घटना

अ +
अ -
ओखलढुंगामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ओखलढुंगाको रुम्जाटारबाट काठमाडौ लागि हिँडेका बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभीरमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीबी दाहालका अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ ।
दर्जनबढी घाइते भएका छन् । बसमा २० जना भन्दा केही बढी यात्रु रहेको अनुमान ओखलढुंगाका यातायात व्यवसायीले गरेका छन् ।
तपाईँको अभिमत