भर्याङ चढ्दा मुटुलाई फाइदा
मुटु स्वस्थ राख्न घरभित्रै गर्न सकिने व्यायामहरू

मुटु शरीरको अति संवेदनशील अंग हो । यसले रगतलाई शरीरका विभिन्न भागमा पुर्याउन पम्पको काम गर्छ । घरभित्रै गरिने केही सामान्य व्यायम, जुन मुटुको लागि फाइदाजनक हुन्छ । समग्र स्वास्थ्य राम्रो रहन मुटु स्वस्थ हुन जरुरी रहन्छ । नियमित व्यायमले मुटु स्वास्थ्य राख्न मद्दत गर्दछ ।
यसका लागि घरभित्रै हामीले केही समय निकालेर व्यायाम गर्न सक्दछौ । मुटुलाई स्वास्थ्य राख्न घरभित्रै गर्न सकिने केही व्यायामहरु :
भर्याङ चढ्दा
भर्याङ (सिँढी) चढ्दा मुटुलाई फाइदा हुन्छ । सिँढी चढ्दा शरीरको तल्लो भाग सक्रिय रहन्छ र बढी ऊर्जावान्, फूर्तिलो अनुभव हुन्छ ।
नाच्दा
नाच्दा शरीरका विभिन्न मांसपेशीहरु सक्रिय रहन्छ र मुडलाई फ्रेस बनाउँछ । मनपर्ने संगीतका साथ नृत्य गर्नु मुटु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
चियर स्क्वाट्स
चियर स्क्वाट्स व्यायामले पनि शरीरको तल्लो भागलाई सक्रिय बनाउन मद्धत गर्दछ ।
देब्रे खुट्टा उचालेर कुर्सिमा बस्दा
कुर्सिमा देब्रे खुट्टा उचालेर बस्दा जोर्नीहरुलाई व्यालेन्स राख्छ जसले मुटुलाई सकारात्मक प्रभाव पार्छ ।
भित्तामा अडेस लगाएर बस्दा
शरीरको पछाडिको केही भागलाई भित्तामा अडेस लगाइ खु्ट्टा जमिनमा टेकेर कुर्सिको आकारमा बस्ने व्यायम गर्दा मांशपेशी बलियो हुनुका साथै मुटुको धड्कन बढाउँछ ।
बक्सिङ
ऐनाको अगाडि बक्सिङ गरि व्यायम गर्दा कार्डियो भास्कुलर प्रक्रिया र शरीरको माथिल्लो भागमा फाइदा पुग्छ ।
जम्पिङ ज्याक्स
कार्डिभास्कुलरका लागि जम्पिङ ज्याक्स प्रभावकारी व्यायम हो । यो व्यायमले मुटुको चाललाई बढाउनकाु साथै शरीरका अरु मांशपेशीलाई तन्दुरुस्त राख्दछ ।
बडी पुसअप
पुशअप र जम्प्स बर्पी कसरत कार्डियोभास्कुलर कन्डिसनको लागि उत्कृष्ट हो । यसले शरीर फिटनेश राख्दछ ।
डोरी खेल्दा
मुटुलाई स्वस्थ राख्न डोरी खेल्ने खेल एक सरल र प्रभावकारी मानिन्छ ।
तपाईँको अभिमत