थप १७६० जनालाई संक्रमण पुष्टि , १२२० जना कोरोनामुक्त, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १७६० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणमा १३३२ र एन्टिजेन परीक्षणमा ४२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।
२४ घण्टामा १२ हजार ५२४ पीसीआर र ४ हजार ३२० एन्टिजेन परीक्षण भएको पौडेलले बताउनुभयो । जम्मा परीक्षण १६ हजार ८४४ भएको छ ।
२४ घण्टामा १२२० जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । प्रवक्ता पौडेलका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८० हजार ८२४ र एन्टिजेन विधिवाट ८७ हजार ५८७ जनामा कोरोना पुष्टि भएको छ । दुवैमा गरी नेपालमा हालसम्म ८ लाख ६८ हजार ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवकता पौडेलले बताउनुभयो ।
जसमध्ये ७ लाख ४३ हजार ५२६ कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९९१ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा संक्रमण पुष्टि हुने दर १०.६ प्रतिशत रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ छ । यसमध्ये संस्थागत आइसोलेसनमा १६२५ र होम आइसोलेसनमा २४ हजार ६७९ जना रहेको प्रवक्ता पौडेलले बताउनु भयो ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये ४०७ आइसीयूमा र १२९ भेन्टिलेटरमा उपचाररत छन् । ।
तपाईँको अभिमत