तीन स्वास्थ्य प्रतिष्ठानमा कार्यवहाक उपकुलपति, जिम्मेवारी क-कसलाई?
काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत रहेको तीन वटा स्वास्थ्य प्रतिष्ठानहरुमा उपकुलपतिको कार्यवहाक जिम्मेवारी तोकिएको छ । प्रतिष्ठानका सहकुलपतिसमेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आइतबार उपकुलपतिको पदावधि सकिएको तीन प्रतिष्ठानमा कार्यवहाक उपकुलपतिको जिम्मेवारी तोक्नुभएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवहाक उपकुलपतिको जिम्मेवारी डा.मंगल रावललाई दिइएको छ । हिमाली दुर्गम जिल्ला हुम्लामा ६ वर्षदेखि प्रतिष्ठानमा आवद्ध हुनुहुन्थ्यो । प्रतिष्ठान अस्पतालका निर्देशकसमेत रहनुभएका रावल हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ । नेपालमा कोरोना महामारी भित्रनुअघि देखि नै कोरोना नियन्त्रणका अभियानमा रावल अग्रपंक्तिमा रहेर काम गर्नुभएको थियो ।
यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा.राजेशनाथ गंगोललाई दिइएको छ । यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.नरेन्द्रबिक्रम गुरुङले कार्यवहाक उपकुलपतिको जिम्मेवारी पाउनुभएको छ । डा.गगांल र गुरुङ दुवै जना सर्जन हुनुहुन्छ ।
तपाईँको अभिमत