असार मसान्तसम्ममा ५५ वर्षभन्दा माथिकालाई कोरोना खोप दिइसकिने

काठमाडौं । २०७८ को असार मसान्तसम्ममा ५५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिइसकिने भएको छ । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीका अनुसार ५५ वर्षभन्दा माथिका ३७ लाख जनसंख्यालाई असार मसान्तसम्ममा खोप दिइसकिने छ ।
कोरोना खोप अभियानको दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका नागरिक प्राथमिकतामा परेका छन् । दोस्रो चरणको दोस्रो प्राथमिकतामा ५५ देखि ६४ उमेर समूहका नागरिक परेका छन् ।
पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका नागरिकले भोलिदेखि खोप पाउनेछन् ।
यस चरणमा विश्व स्वास्थ्य संगठनद्वारा आपतकालिन प्रयोग अनुमति प्राप्त अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोग गर्न लागिएको हो ।
यसअघि पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलगायतले खोप प्राप्त गरेका छन् ।
तपाईँको अभिमत