माघ २ गतेदेखि कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाइदै
अ +
अ -
सरकारले माघ २ गतेदेखि कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाउन सुरु गर्ने भएको छ ।
माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ ८ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर मात्रा खोप लगाउन परिवार कल्याण महाशाखाले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ ।
पहिलै लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भएकाले बुस्टर मात्रा पाउने छन् ।
तपाईँको अभिमत