बारम्बार प्यास लागे आन्द्राको क्यान्सर हुनसक्छ !
अन्य मौसममा भन्दा गर्मी मौसममा प्यास अर्थात् तिर्खा लाग्नु स्वभाविक मानिन्छ । तर पानी पिएर पनि बारम्बार तिर्खा लागिरहे त्यो गम्भीर रोगको लक्षण हुनसक्छ ।
पानी पिएर पनि बारम्बार तिर्खा लागिरहने समस्या भएमा तुरुन्त चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । चिकित्सकले पहिले मधुमेहको परीक्षण गर्न सक्छन् । तर मधुमेहको रिपोर्ट पनि नेगेटिभ भएमा त्यो आन्द्राको क्यान्सर पनि हुन सक्छ ।
आन्द्राको क्यान्सर एकदमै सुस्त गतिमा शरीरमा फैलिन्छ । यसको लक्षण धेरै पछि मात्र देखिन्छ । यद्यपि यसको लक्षण अगाडि नै पत्ता लगाउन सके उपचार सम्भव छ । यो क्यान्सर लागे पनि निम्न लक्षणहरू देखा पर्छन् :
– थकान महसुस हुने,
– कम भोक लाग्ने,
– वजन घट्ने,
– दिसा लाग्ने अवधिमा परिवर्तन,
– दिसामा रगत देखा पर्ने,
– पेटमा दुखाई महसुस हुने,
– कब्जियत हुने,
– गुदद्वार वरपर गाँठो हुने,
– पिसाबमा रगत देखा पर्ने, बारम्बार पिसाब लाग्ने तथा रङमा परिवर्तन भइरहने,
यस किसिमका लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।
आन्द्राको क्यान्सरका कारण
६० वर्षभन्दा माथि उमेरका मानिसमा आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ । प्रोसेस गरिएको मासु खाने तथा फाइबर कम भएका खानेकुरा खाँदा पनि आन्द्राको क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यस्तै मोटोपन भएका व्यक्तिमा आन्द्राको क्यान्सर हुनसक्छ भने मादक पदार्थ सेवनकर्तालाई पनि यसको क्यान्सर हुने जोखिम हुन्छ ।
यसैगरी वंशाणुगत कारण पनि आन्द्राको क्यान्सर हुनसक्छ ।
(आजतकबाट)
तपाईँको अभिमत