अन्तर्राष्ट्रिय हेमोफेलिया दिवस विश्वभर मनाइँदै
काठमाडौँ । आज अप्रिल १७ तारिख अर्थात् अन्तर्राष्ट्रिय हेमोफेलिया दिवस विश्वभर मनाइँदै छ ।
हेमोफेलिया रगतसँग सम्बन्धित रोग हो ।
हिमोफेलिया भएका व्यक्तिमा चोट लागेमा त्यहाँबाट रगत बगिरहने हुन्छ ।
शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था हेमोफेलिया हो ।
सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुनाले धेरै रक्तश्राव हुँदैन तर हेमोफेलिया भएकाहरुमा रगत जम्ने तत्व नहुने चिकित्सकहरु बताउँछन् ।
मांसपेशी र जोर्नीमा आन्तरिक रुपमा रक्तश्राव भएपछि शरीरमा निलो टाटाहरु देखिन्छ ।
सामान्यतया हेमोफेलियाको लक्षण ६ महिनादेखि एक वर्षको उमेरभित्र थाहा हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक १० हजार व्यक्तिमा एकजनालाई हेमोफेलिया हुने गरेको छ ।
तपाईँको अभिमत