ब्राजिलमा ६१ जना सवार विमान शहरको बीचमा खस्यो
ब्राजिलमा ६१ जना सवार विमान दुर्घटनामा परेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुमा आएका खबरअनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो विमान दुर्घटना भएको हो ।
विमान पराना राज्यको कास्केभलबाट साओ पाउलो शहरमा रहेको ग्वारुल्होस विमानस्थलका लागि उडेको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार एआरटी–७२–५०० कल साइनको उक्त विमानमा ५७ यात्रु र ४ चालकदलका सदस्य रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको छ । विमान कम्पनी भोपासले विज्ञप्ति जारी गरी यसको पुष्टि गरेको छ ।
१७ हजार फिटमाथि उडिरहेको यो विमान एक मिनेटमा जमिनका खसेको बताइएको छ । साउ पाउलो शहरको भिन्हेडो नगरको बस्तीनजिकै विमान खसेको हो । विमान खसिरहँदा वरपरि रहेका व्यक्तिहरु चिच्याएका थिए ।
दुर्घटनामा फोटो भिडियोहरु सामाजिक सञ्जालतिर फैलिएका छन् । भिडियोमा विमान तल खसिरहेको, आगो लागिरहेको देख्न सकिन्छ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दुर्घटनाको खबरपछि ज्यान गुमाउने यात्रु तथा चालकदलका सदस्यको नाममा एक मिनेट मौन धारण गरेका थिए । देशमा ३ दिनको शोकको घोषणा पनि उनले गरेका छन्
तपाईँको अभिमत