डा. सन्दुक रुइतको विशेष अनुरोध : ‘सार्वजनिक सम्पत्ति जोगाऔँ, सबै मिलेर देश बनाऔ’
नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर जारी विरोध प्रदर्शनबीच सबै नागरिकलाई संयमित रहन र सार्वजनिक सम्पत्ति जोगाउन विशेष अनुरोध गर्नुभएको छ ।
मंगलबार सार्वजनिक अपिल जारी गर्दै डा. रुइतले परिवर्तनका लागि सडकमा उत्रिएका आन्दोलनकारी युवापुस्ताको अदम्य साहसको प्रशंसा गर्दै भन्नुभएको छ, ‘भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ, यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नु उचित हुँदैन।’
उहाँले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्दै आन्दोलनमा संलग्न सबैलाई संयमित भएर आफ्नो अधिकार माग्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ, गर्न नदिऔँ। संयम बनौँ।’
डा. रुइतले एकताबद्ध भई देश जोगाउन र नयाँ नेपाल बनाउन सम्पूर्ण जनतालाई आह्वान गर्दै ‘सबै मिलेर देश जोगाऔँ, सबै जुटेर देश बनाऔँ’ भन्ने सन्देश दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत