बाँझोपन सम्बन्धी पाँच मिथ्या र यथार्थ
अ +
अ -
बाँझोपन भन्नाले गर्भनिरोधक साधनको प्रयोग नगरी सन्तानको योजना बनाई नियमित यौनसम्बन्ध एक वर्षसम्म राख्दा पनि गर्भ नरहने अवस्था हो । महिला वा पुरुष वा दुबै जनाको कारण बाँझोपन हुन्छ ।
रहनसहन, खानपिन, स्वास्थ्य तथा पोषणको अवस्था, यौन संक्रमण आदिका कारण बाँझोपन हुनसक्छ । बाँझोपन सम्बन्धी समाजमा केही भ्रम वा मिथ्या विश्वास रहेको छ । ती मिथ्या र तथ्य यहाँ प्रस्तुत गरिएको छ :
मिथ्या | यथार्थ |
बाँझोपन महिलाका कारणले मात्र हुन्छ । | बाँझोपन महिला पुरुष दुबैको कारण हुनसक्छ । |
बाँझोपन भनेको विहे हुनासाथ गर्भवती नहुनुलाई भनिन्छ । | बाँझोपन महिला र पुरुषबीच लगातार एक वर्षसम्म गर्भनिरोधक साधनको प्रयोगविना यौनसम्पर्क रहँदा पनि गर्भवती नहुने अवस्था हो । |
दोस्रो विवाह गरेपछि बाँझोपन निको हुन्छ । | दोस्रो विवाह बाँझोपन समस्याको समाधान होइन । |
पूर्वजन्मको पापको फलका रूपमा बाँझोपन हुन्छ । | बाँझोपन भनेको शारीरिक, मानसिक र सामाजिक समस्याको कारणले हुने हो । |
बाँझोपन भएकालाई शुभकार्यमा संलग्न गराउन हुँदैन । | बाँझोपनको शुभकार्यसँग कुनै सम्बन्ध छैन । |
तपाईँको अभिमत