वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरी निलम्बित

अ +
अ -
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी निलम्बनमा पर्नुभएको छ । उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएसँगै स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको हो ।
उहाँलाई बुधबार नै निलम्बन गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
गिरीले बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको दाबी गर्दै विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको थियो ।
तपाईँको अभिमत