भारतमा अक्सफोर्डको कोरोना खोपलाई अनुमति प्रदान
नयाँ दिल्ली । भारतको नियामक संस्थाले अक्सफोर्ड र एस्ट्रेजेनेले उत्पादन गरेको कोरोना विरुद्धको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । औषधि नियामक संस्थाले अक्सफोर्डको खोपलाई आपत्कालिन प्रयोगका लागि स्विकृति प्रदान गरेको छ ।
कोरोनाबाट अति प्रभावित देशमा दोस्रोमा रहेको भारतमा खोपको अनुमति सँगै कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । भारतमा सेरम इन्स्ट्च्यिूटले उत्पादन गर्ने अक्सफोर्डको खोप ५ करोड डोज भण्डारण गरिसकेको बताइएको छ ।
बेलायत र अर्जेन्टिनामा अक्सफोर्डको खोप सर्वसाधरणका लागि प्रयोगमा आइसकेको छ । फाइजरको खोप प्रयोगका लागि पनि अनुमति माग गरिएको छ । भारतमा १ करोडभन्दा बढी मानिसलाई कोरोना संक्रमण भइसकेको छ भने झण्डै डेढ लाख संक्रमितको मृत्यु भएको छ ।राेयटर्स ।
तपाईँको अभिमत