कान्ति बाल अस्पताल र परिषद् मिलेर बालरोग सम्बन्धि अनुसन्धान गर्ने
काठमाडौं । कान्ति बाल अस्पताललाई बालरोग सम्बन्धी अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सम्झौता भएको छ।बालरोग सम्बन्धि अनुसन्धान गर्नका लागि गत बिहीबार अस्पताल र नेपाल स्वास्थ्य अनुसन्धान परिषबीच चार बुँदे सम्झौँता भएको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
डा.पौडेलका अनुसार अनुसन्धान परिषद्का तर्फबाट कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवाली र अस्तपालका तर्फबाट निर्देशक डा कृष्णप्रसाद पौडेल ले हस्ताक्षर गर्नुभएको हो।
बालरोग सम्बन्धि सामानय अध्ययन भइरहे पनि यसलाई थप प्रभावकारी र व्यवस्थित बनाउन परिषदसँग सकार्य गर्न लागेको डा.पौडेलले बताउनु भयो।
दुई पक्षबीच अनुसन्धानका लागि योजना बनाउने, जनशक्ति तयार गर्ने, अनुसन्धानका क्षेत्र पहिचान गर्ने, संयुक्त रुपमा अनुसन्धानलाई अगाडी बढाउने लगायतका विषयमा सम्झौता भएको डा. पौडेलले जानकारी दिनुभयो।
तपाईँको अभिमत