आज दिउँसो २ र राति ३ प्रदेशमा भारी वर्षा हुने

आज दिउँसो २ र राति ३ प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ छ।
अहिले बिहान कोश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक देखि मुख्यतया सफा रही एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनाछ।
आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाईँको अभिमत