साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

अ +
अ -
नेपाली भाषा साहित्यका चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारतको गुहावटीमा उहाँको ९२ वर्षको उमेरमा निधन भएको हो ।
उहाँ भारतको आसामका स्थायी निवासी हुनुहुन्थ्यो ।
क्षेत्रीको ‘बसाइँ’ उपन्यास नेपाली साहित्यमा निकै चर्चामा रहेको छ । त्यस्तै ‘अतृप्त’ र ‘ब्रह्मपुत्रको छेउछोउ’ उपन्यासले पनि उहाँको आख्यानलाई माथि उठाएका थिए । उहाँले निबन्ध, नाटक जस्ता विधामा पनि कलम चलाउनुभएको थियो ।
उहाँ नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउनुभए बापत् जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो।
तपाईँको अभिमत