सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा गरिदिने रेणु दाहालको निर्णय

अब भरतपुर महानगरमा कसैले सरकारी स्वास्थ्य संस्थामा छोरी जन्माएमा उसको जीवन बीमा महानगरले गर्ने भएको छ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचत मेयर रेणु दाहालले यस्तो घोषणा गर्नुभएको छ ।
दोस्रो पटक महानगरको प्रमुखमा निर्वाचित हुनुभएकी दाहालले बुधबार बिहान कार्यभार सम्हाल्दै छोरीको यस्तो निर्णय गर्नुभएको हो ।
दाहालका अनुसार सरकारी स्वास्थ्य संस्था तथा अस्पतालमा जन्मिएका छोरीको एक लाख बराबरको जीवन बीमा गरिने छ । १५ वर्षपछि उक्त रकम पाउने गरी बीमा गरिने पनि दाहालले बताउनुभएको छ । महानगरबासी भएपछि देशका जुनसुकै सरकारी स्वास्थ्य संस्थामा जन्मिएको भएपनि उक्त सुविधा पाउने दाहालले जानकारी दिनुभयो ।
महानगरमा ७ हजार लिटरसम्म पानी प्रयोग गर्ने सबैको बिल महानगरले तिरिदिने पनि घोषणा दाहालले गर्नुभएको छ।
तपाईँको अभिमत