मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा : सहभागी हुन नसकेका परीक्षार्थीको परीक्षा असोज १५ र १६ गते हुने
नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा सहभागी हुन नपाएका परीक्षार्थीका लागि काउन्सिलले छुट्टै परीक्षाको व्यवस्था गरेको छ । अविरल वर्षाका कारण परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीका लागि असोज १५ र १६ गतेका लागि परीक्षा तोकिएको हो ।
काउन्सिलले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
सूचनाअनुसार असोज १५ गते मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । त्यस्तै १६ गते बुधबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, ललितपुरमा हुनेछ ।
काउन्सिलले प्राकृतिक विपद् परे पनि लाइसेन्स परीक्षा पूर्वनिर्धारित मितिमै गरेको थियो । परीक्षाको मिति असोज १३ गतेदेखि १५ गतेसम्म तोकिएको थियो ।
भारी वर्षाका कारण विपद् आएपनि १३ गतेको परीक्षा काउन्सिलले सञ्चालन गरेको थियो । तर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीका हकमा छुट्टै व्यवस्था गर्ने सूचना जारी गरेको थियो ।
सोही सूचनाअनुसार काउन्सिलले परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीका लागि छुट्टै परीक्षाको व्यवस्था गरेको हो ।
तपाईँको अभिमत