कोभ्याक्स मार्फत् पहिलो चरणमा ३ लाख ४८ हजार डोज खोप आउँदै
काठमाडौं । कोभ्याक्स सुविधा मार्फत् नेपाललाई प्राप्त हुने कोरोनाविरुद्धको खोप आइतबार (भोलि) देखि आउने भएको छ । पहिलो चरणमा ३ लाख ४८ हजार डोज खोप बिहान सवा ११ बजे आइपुग्ने भएको हो ।
कोभ्याक्स मार्फत् नेपाललाई १ करोड २० लाख डोज खोप उपलब्ध हुनेछ ।
भोलिदेखि नै नेपालमा दोस्रो चरणको खोप अभियान पनि सञ्चालन हुन लागेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षभन्दा माथिका नागरिक परेका छन् । सो उमेर समूहका १७ लाख जनसंख्यालाई खोप दिन लागिएको हो ।
सो उमेर समूहका नागरिकलाई १० दिन खोप दिएपछि ५५ वर्षभन्दा माथिमालाई दिइने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिनुभयो ।
नेपालले यसअघि भारतबाट अनुदानमा प्राप्त खोप अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतलाई दिइसकेको छ ।
तपाईँको अभिमत