ओलीकाे निजी निवास बालकोटमा खटिएका सशस्त्र प्रहरीकाे निधन

अ +
अ -
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा खटिएका सुरक्षा प्रमुखको निधन भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-९ गुण्डु बस्ने ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको निधन भएकाे हाे ।
आज बिहान अचेत अवस्थामा फेला परेका थापाकाे भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईँको अभिमत