काठमाडौं उपत्यकामा मात्रै ७५५ संक्रमित थपिए
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनालाई कोरोना पुष्टि भएको छ ।
आज देशभर १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९हजार ३०१ जना पुगेको छ । जसमध्ये ५० हजार ४११ जना उपचारपछि निको भएका छन् ।
२४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । २४ घण्टामा ११ हजार ४४९ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत