काठमाडौं उपत्यकामा १९१२ जनालाई कोरोना संक्रमण
अ +
अ -
काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा १९ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन् ।
आज काठमाडौंमा १५ सय ६७ जना , ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टा देशभर ३५ सय ५६ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । त्यस्तै, १२ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
तपाईँको अभिमत