खानेपानी मन्त्री यादवको कार्यकक्षमा आगलागी, घटनाबारे कर्मचारीसँग सोधपुछ गर्दै प्रहरी

अ +
अ -
खानेपानी मन्त्री प्रदिप यादवको कार्यकक्षमा आगलागी भएको छ । शनिबार बिहान पौने ९ बजे मन्त्रीको कार्यकक्षमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको बताइएको छ।
आगलागी भएपछि दुई वटा दमकल ल्याइएको थियो। जसमध्ये एउटा प्रयोग भएको प्रहरीले जनाएको छ।
अगलागीको कारण खुलिसकेको छैन । सोधपुछका लागि दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
तपाईँको अभिमत