कोरोना खोप लगाएका विश्वका राष्ट्र प्रमुखहरु : भारतीय प्रधानमन्त्री मोदीले पनि खोप लगाउने

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाउनु हुने भएको छ । भारतमा अहिले पहिलो चरणको खोप कार्यक्रम चलिरहेको छ जसमा फ्रन्टलाइनरहरुलाई खोप दिइरहेको छ ।
प्रधानमन्त्री मोदी दोस्रो चरणको खोप कार्यक्रममा सहभागि हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री मोदीसहित ५० वर्षमाथिका सबै सांसदहरुलाई खोप दिइने जनाइएको छ । भारतमा ५० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई दोस्रो चरणमा खोप दिने गाइडलाइन थियो । दोस्रो चरणको खोप कार्यक्रमको मिति भने तय भइसकेको छैन ।
जनतालाई खोपप्रति विश्वास दिलाउन खोप कार्यक्रम सुरु भएका अधिकांश देशका राष्ट्रप्रमुखले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
हालसम्म नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला हैरिस, पूर्व उप राष्ट्रपति माइक पेंस, बेलायती महारानी एलिजाबेथ र उहाँका पति राजकुमार फिलिप, इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहू, ग्रिसका राष्ट्रपति कैटरीना सकेल्लारोपोउलोउ, साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउद, यूएईका प्रधानमन्त्री शेख मोहम्म्द बीन रसिद अल माकटौमले पनि कोरोना विरुद्धको खोप लगाइसक्नुभएको छ ।
अन्तराष्टिय सञ्चारमाध्यममा आधारित ।
तपाईँको अभिमत