थप १३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७४३
काठमाडौं । गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७४३ पुगेको छ ।
आज देशभर ७३६ जनालाई काेरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ५ हजार ५५५ जनाकाे पीसीआर परीक्षण हुँदा ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ३९१ जनालाई काेराेना पुष्टि भएकाे छ । काठमाडौंमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । यसैगरी २४ घण्टामा ८४७ संक्रमित काेराेनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१४ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ७४३ पुगेको छ । हाल नेपालमा ९ हजार ७५७ सक्रिय कोरोना संक्रमित रहेका छन् ।
तपाईँको अभिमत