कोरोनाबाट मृत्यु भएकालाई ५० लाख माग्दै मुद्दा दर्ता गर्ने वकिललाई १० हजार जरिवाना
कोरोना संक्रमणबाट मृत्यु भएका वकिलको परिवारलाई क्षतिपूर्तिको माग गर्दै अदालतमा रिट दायर गर्ने भारतका एक वकिललाई जरिवाना तिराइएको छ।
भारतको सर्वाेच्च अदातलले अनावश्यक रिट दर्ता गरेको भन्दै प्रदीप कुमार यादवलाई १० हजार जरिवाना तिराएका हुन् ।
यादवले आफ्नो रिटमा यदि ६० वर्षमुनिका वकिल कसैको कोरोना संक्रमणबाट मृत्यु भएमा उनीहरुको परिवारलाई ५० लाख क्षतिपूर्ति दिने व्यवस्था कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।
भारतको सर्वाेच्च अदातलले व्यक्तिको भन्दा वकिलको ज्यान बढी कसरी बढी महत्वपूर्ण हुन्छ ? भनेर प्रश्न गरेका थिए । कोरोनाबाट मृत्यु भएका वकिललाई मात्रै क्षतिपूर्ति पाउनुपर्छ भन्ने दावी गर्नु अनुचित रहेको न्यायाधीशहरुले भनेका छन् ।
यो जनसरोकारको विषय नभएको र प्रचारका लागि मात्रै यस्तो मुद्दा दर्ता गरेको न्यायाधीशहरुले निष्कर्ष निकाले ।
ती वकिलले मुद्दा फिर्ता लिन सहमत भएका छन् । भविष्यमा यस्ता किसिमका मुद्दा कुनै वकिलले दर्ता नगरोस् भनेर उनलाई १० हजार भारु जरिवाना तिराइएको छ।
तपाईँको अभिमत