२,७१७ परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि
अ +
अ -
पछिल्लो २४ घण्टामा ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ४ जना र एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ८८९ पीसीआर र ८२८ एन्टिजेन गरी कुल परीक्षण २ हजार ७१७ भएको छ ।
९ जना कोरोनामुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १२८ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईँको अभिमत