सावधान ! चुम्बन गर्दा यस्ता रोग सर्न सक्छन्

काठमाडौं । मानवीय क्रियाकलापमध्ये चुम्बन सामीप्यता गराउने क्रियाकलाप हो । चुम्बन गर्दा दुई व्यक्तिबीचको घनिष्ठता बढाउँछ । अभिभावक र छोराछोरी, प्रेमी–प्रेमिका लगायतले माया व्यक्त गर्न चुम्बन गर्छन् । अहिले चुम्बन संस्कार बढेर गएको छ । तर सावधान !, चुम्बन गर्दा विभिन्न रोगहरू सर्न सक्छन् ।
रुघाखोकी
रुघाखोकी सजिलैसँग संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सर्दछ । यो विशेषगरी तिन तरिकाबाट सर्न सक्छ : हाँछ्यू गर्दा, खोक्दा र चुम्बन गर्दा ।
दाद
दाद रोग पनि चुम्बन गर्दा सर्न सक्छ । यो रोग लाग्दा मुख वरपर खटिरा आउँछ । यसले मानिसको रुपलाई समेत परिवर्तन गराइदिन सक्छ ।
सिफिलिस
साधारणतया असुरक्षित यौनसम्पर्कबाट सर्ने रोग भनेर यसलाई चिनिन्छ । तर भौतिक रुपमा छुने गरी भएका सम्पर्कबाट पनि यो रोग सर्ने गर्छ । त्यसैले यो चुम्बनबाट पनि सर्छ । यसले मुखमा खटिरा आउने लगायतका समस्या निम्त्याउँछ ।
मेनिन्जाइटिस
मेनिन्जाइटिससमेत चुम्बनबाट सर्न सक्छ । टाउको दुख्ने, ज्वरो आउने लगायतका लक्षणहरू यस रोगका लक्षण हुन् ।
श्वासप्रश्वाससँग सम्बन्धित भाइरसहरू
चुम्बन गर्दा श्वासप्रश्वाससँग सम्बन्धित भाइरसहरू स्वस्थ मानिसमा सजिलै सर्ने गर्छन् । यस्ता किसिमका भाइरसहरू संक्रमित व्यक्तिसँग सँगै एउटै कोठामा बस्दा वा शुद्धिकरण नगरी सामान चलाउँदा पनि सर्छन् ।
दन्त रोग
दाँतसँग सम्बन्धित रोग पनि चुम्बनबाट सर्न सक्छ । चुम्बन गर्दा निस्कने र्याल,स्वस्थ व्यक्तिको सम्पर्कमा पुग्ने भएकाले त्यसबाट गिजा कुहिने वा दाँतको सड्ने हुन्छ ।
तपाईँको अभिमत