क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया, के भएको थियो ?
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया भएको छ । लामिछानेको हिजो लाइपोमाको शल्यक्रिया गरिएको हो । यसअघि उहाँको गत बैशाखमा पनि लाइपोमाकै शल्यक्रिया गरिएको थियो ।
लामिछाने निकटले दिएको जानकारी अनुसार त्यो समय छिट्टै खेलमा जानुपर्ने भएकाले पूरा शल्यक्रिया गरिएको थिएन ।
लाइपोमा भनेको शरीरको छालाभित्र र मासुभन्दा माथिको भागमा आउने गोलाकार वा अण्डाकार आकारको बोसाले बनेको तन्तु हो ।
यो अनुहार, तिघ्रा ,गर्दन, हात, खुट्टा पाखुरा, कुम, कुमको पछाडि भाग र मुखभित्र पनि आउन सक्छ। यो साधारणतया नदुख्ने हुनाले छालाको मुनि भएको डल्लो बाहिरबाट देख्ने भएपछि मात्र थाहा पाउने हुन्छ ।
यसलाई ठूलो स्वास्थ्य समस्या नमानिए पनि नदुख्ने डल्लो भएकाले पछि गएर क्यान्सरको जोखिम हुनसक्छ भनेर निकाल्ने गरिन्छ ।
त्यस मध्ये साधारण अवस्थामा विशेष प्रकारको सियोबाट लाइपोमाभित्र रहेको बोसो तानेर निकाल्ने गरिन्छ । कुनै–कुनै चिकित्सकहरुले स्टे¥वाइड इन्जेक्सन पनि दिने गरेको पाइन्छ । यस विधिले समस्या पूरै निर्मुल हुने नभइ डल्लोलाई खुम्च्याएर मात्र राख्ने गर्छ । यसलाई निर्मूल गर्न चिरफार गरी डल्लो नै निकाल्नु पर्छ ।
तपाईँको अभिमत