ब्राजिलमा एकैदिन ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, अहिलेसम्मकै उच्च

फाइल फोटो
ब्राजिल । ब्राजिलमा एकैदिन ४ हजारभन्दा बढी कोरोना संक्रतिको मृत्यु भएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ४ हजार २११ जनाको ज्यान गएको हो ।
पछिल्लो समय नयाँ किसिमको कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि मृतक संख्या पनि बढेको अधिकारीहरूले बताएका छन् ।
ब्राजिलका अधिकांश अस्पतालहरू खचाखच भरिएको बीबीसीले उल्लेख गरेको छ । यसले ब्राजिलका विभिन्न सहरको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने खतरा उत्पन्न भएको छ ।
अहिलेसम्मको तथ्यांकअनुसार ब्राजिलमा करिब ३ लाख ३७ हजारको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । यस्तो अवस्था सिर्जना हुँदा समेत राष्ट्रपति जयर बोल्सोनारोले भने महामारी नियन्त्रणका लागि लकडाउन जस्तो कुनै उपाय अपनाउन मानिरहनुभएको छैन ।
उहाँले कोरोनाले भन्दा मुलुकको अर्थतन्त्र बिग्रदा ठुलो क्षति हुने भन्दै स्थानीय सरकारहरूले लगाएको प्रतिबन्धहरूसमेत उल्टाउने बताउँदै आउनुभएको छ । यसका लागि उहाँले कानूनको सहारा लिने बताउनुभएको छ । मंगलबार आफ्ना समर्थकसँग कुरा गर्दै उहाँले क्वारेन्टिन बस्नु कोरोनाको उपचार नभएको भन्दै त्यसको तीव्र आलोचना गर्नुभएको थियो ।
हालसम्म ब्राजिलमा १ करोड ३१ लाख बढी संक्रमित भइसकेका छन् । जसमध्ये १ करोड १४ लाख ५४८ निको भइसकेका छन् ।
तपाईँको अभिमत