नेपालमा २९८ सक्रिय कोरोना संक्रमित

अ +
अ -
हाल नेपालमा २९८ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित थपिएसँगै २९८ सक्रिय संक्रमित भएका हुन् ।
मन्त्रालयका अनुसार ५२६ नमुना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १६१ पीसीआर र ३६५ एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमध्ये एक जना एन्टिजेन विधिबाट संक्रमित भेटिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २९ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु शून्य छ ।
तपाईँको अभिमत