कोरोना भाइरसले यी अंगमा दीर्घकालिन असर गर्छ !
काठमाडौं । कोरोना महामारी सुरु भएको एक वर्ष भइसकेको छ । यसबाट ९ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने १९ लाख ५० हजार बराबरले ज्यान गुमाइसकेका छन् ।
हाल कोरोनाको नयाँ प्रकार तथा संक्रमण दोहोरिने घटना देखिएका छन् । यसले मानिसका विभिन्न अंगमा असर गर्ने विज्ञहरूले बताएका छन् । यसले विशेषगरी ६ वटा अंगमा दीर्घकालीन असर गर्ने विज्ञहरूले बताएका छन् ।
फोक्साे
कोरोना भाइरसले खासगरी श्वासप्रश्वासमा समस्या निम्त्याउँछ । यसले फोक्सोलाई लामो समयसम्म असर गराउने विज्ञहरूले बताएका छन् । कोरोना भाइरसबाट मुक्त भइसकेका कतिपय बिरामीले छाती दुख्ने, थकान महसुस हुने, श्वास लिन गाह्रो हुने लगायतका समस्या हुने बताउने गरेका छन् ।
कलेजो
कतिपय कोरोनामुक्त भएका व्यक्तिमा कलोजोको समस्या भएको पाइएको छ । असामान्य रूपमा कलोजोको कार्य हुने गरेको पाइएको विज्ञहरूले बताएका छन् । त्यसैले कोरोना संक्रमणले बाहिर देखिने शारीरिक समस्या मात्र नभएर कलोजोमा समेत खराब असर पुर्याउने बताइएको छ । यसको असर लामो समयसम्म देखिन्छ ।
मुटु
कोरोना संक्रमितमा देखिएको अर्को लक्षण मुटुमा समस्या हो । छाती दुख्ने तथा थकान महसुस हुनुमा मुटुसँग जोडिएको समस्या भएको विज्ञहरूले बताएका छन् । जसको असर कोरोना भाइरस निको भइसकेपछि पनि निरन्तर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
मिर्गौला
कोभिड–१९ ले मिर्गौलामा पनि खराब असर गर्ने बताइएको छ । निको भइसकेका बिरामीमा मिर्गौलाले कम काम गर्दै गएको देखिएको विज्ञहरूले बताएका छन् । अझ उच्च रक्तचाप र मधुमेह भएका रोगीमा यस्तो समस्या बढी हुने तथा खतरा हुने बताइएको छ ।
दिमाग
कोरोना निको भइसकेपछि पनि दिमागमा खराब असर कायम रहने देखिएको छ । यसले सामान्यदेखि गम्भीर किसिमका असरहरू पनि गर्ने देखिएको हो । सामान्य कुरामा पनि अलमल हुने, टाउको दुख्ने आदि समस्या अबिच्छिन्न रहेको विज्ञहरूले बताएका छन् ।
पाचन प्रणालीमा असर
केही कोरोना संक्रमितमा पाचन प्रणालीसँग सम्बन्धित लक्षण पनि देखिएको छ । तर यो समस्या कोरोनाबाट निको भइसकेका व्यक्तिमा पनि निरन्तर रहने बताइएको छ । पखला चल्ने, भोक नलाग्ने, पेट दुख्ने लगायतका समस्या कायम रहेने देखिएको हो ।
टाइम्स अफ इण्डिया ।
तपाईँको अभिमत