चीनमा लगाइयो सवा २ अर्ब कोरोना खोप, नयाँ संक्रमित जम्मा ३५
कोरोना खोप लगाउनेमा चीनले नयाँ रेकर्डा बनाएको छ । चीनले आफ्नो मुलुकमा सवा २ अर्ब भन्दा बढी डोज कोरोना खोप लगाएको छ । १ अर्ब भन्दा बढी चिनियाँले पूर्ण डोज लगाइसकेको चिनियाँ सञ्चार माध्यमले जनाएको छन् ।
भारतले १ अर्ब डोज खोप लगाएको भनी घोषणा गरेको ३ दिनपछि चीनले आफ्ना नागरिकलाई सवा २ अर्ब डोज खोप लगाएको जानकारी सार्वजनिक गरेको हो ।
आइतबारसम्म २ अर्ब २४ करोड भन्दा बढी डोज खोप लगाएको जानकारी चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको सिन्ह्वाले जनाएको छ । १ अर्ब ६० लाख भन्दा धेरैले पूर्ण डोज खोप लगाएका छन् ।
चीनका कोरोना संक्रमणदर न्यून छ । राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै सिन्ह्वाले दिएको खबर अनुसार आइतबार देशभर ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा पनि १९ जना मंलोलियाबाट फर्किएकाहरु छन् ।
तपाईँको अभिमत