पार्किन्सनबाट पीडित पूर्वमन्त्री प्रदीप नेपालको निधन

अ +
अ -
पार्किन्सनलगायत रोगबाट पीडित भइरहनुभएका वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा उहाँको निधन भएको हो ।
पूर्व शिक्षामन्त्रीसमेत रहनुभएका नेपाल लामो समयदेखि पार्किन्सनबाट पीडित हुनुहुन्थ्यो । केही समय यता अस्पताल भर्ना हुनुभएका उहाँलाई सोमबार आईसीयूमा राखिएको थियो ।
२०१० सालमा जन्मिनु भएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चारमन्त्री हुनुभएको थियो । त्यसपछि शिक्षामन्त्री बन्नुभयो ।
नेपाल राजनीतिसँगै साहित्यमा पनि सक्रिय हुनुहुन्थ्यो । रोगले शिथिल बनाउँदै लगेपछि उहाँ दुवै क्षेत्रमा निस्क्रिय हुनुभएको थियो ।
उहाँको दाहसंस्कार पशुपतिस्थित बिद्युत शवदाहगृहमा आजै गरिएको छ ।
तपाईँको अभिमत