आजबाट ६५ वर्षमाथिकालाई कोरोना खोप, प्रधानमन्त्रीले पनि लगाउँदै
अ +
अ -
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको करिब डेढ महिनापछि प्रधानमन्त्री ओलीले कोरोना खोप लगाउने भएका छन् ।
आज बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर प्रधानमन्त्रीले खोप लगाउन लागेका हुन् । प्रधानमन्त्रीले खोप लगाउने बारेको जानकारी शनिबार पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले दिनुभएको हो ।
स्वास्थ्य मन्त्रालयले आइतबारबाट ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिँदैछ । सोही उमेर समूहमा पर्नुभएका प्रधानमन्त्री ओलीले खोप लगाउन लाग्नुभएको हो ।
नेपालमा गत माघ १४ गतेबाट कोरोना भाइरस (काेभिड-१९) विरुद्ध खोप अभियान सुरु भएको हो ।
तपाईँको अभिमत