२५ वर्षपछि गाजामा देखियो पोलियो
प्यालेस्टाइनको युद्धग्रस्त क्षेत्र गाजामा पोलियो भाइरस पुष्टि भएको छ । १० महिने एक बालकमा पोलियो पुष्टि भएको हो ।
भाइरसका कारण बालकको खुट्टा पारालाइज भएको छ । पोलियोविरुद्ध खोप नलगाइएका उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
उक्त क्षेत्रमा गत जुनमै पानीमा टाइप २ भाइरस भेटिएको थियो ।
बालकमा पोलियो भाइरस पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियससले आफू गम्भीर भएको बताउनुभएको छ । उहाँले यसै साताबाट त्यहाँ खोप अभियान सञ्चालन गर्ने पनि बताउनभएको छ ।
पोलियो ढल तथा संक्रमण भएको पानीबाट तीव्र गतिमा मानिसमा सर्छ ।
पोलियो संक्रमणले अपाङ्ग बनाउने तथा प्यारालाइज गर्ने हुन्छ । विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा यो संक्रमण हुन्छ । यसले गर्दा कतिपय अवस्थामा मृत्युसमेत हुने गर्छ ।
तपाईँको अभिमत