५५ वर्षीय पुरुषको शरीरबाट ९ केजीको ट्युमर निकालियो
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले एक व्यक्तिको शरीरमा रहेको नौ किलोग्राम तौलको ट्युमर निकालिएका छन् । गत साउन ९गते सप्तरीका ५५ वर्षीय पुरुषको जटिल शल्यक्रिया गरी ट्युमर निकालिएको प्रतिष्ठानले जानकारी दिएको छ । उहाँ उपचारका लागि असार ३१ गते अस्पताल पुग्नुभएको थियो । साउन १७ गते उहाँको डिस्चार्ज भइसकेको छ ।
प्रतिष्ठानका अनुसार ती पुरुषको पेटको पछिल्लो भाग (रेट्रोपेरिटोनियल) मा ट्युमर देखिएको थियो। प्रतिष्ठानले जीआई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा कुणाल विक्रम देवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
डा देवका अनुसार सामान्यतया (रेट्रोपेरिटोनियल) ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूलो रगतको नशा मिर्गौला र यसबाट आएको पिसावको नली, ठूलो आन्द्रा, शरीरको तल्लो भागलाई संचालन गर्ने स्नायुहरुसंग गाँसिएको हुनाले यस्तो सर्जरी जटिल मानिन्छ।
उहाँले ती बिरामीको शल्यक्रियामा पनि ट्युमरको साथै मिर्गौलाबाट आएको पिसावको नली पनि काटेर जोड्नु परेको साथै बाँया भागको इन्टरनल इलिक आर्टररी बाध्नु परेको जानकारी दिनुभयो। शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा कुणाल विक्रम देवको नेतृत्वमा जी।आई सर्जरी विभागबाट गरिएको थियो।
सो शल्यक्रियाका लागि प्राडा. शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए। साथै एनेस्थेसिया विभागबाट प्राडा आशिष घिमिरेको नेतृत्वमा डा. अरुण मण्डल, डा. सुजन पुन रहेका थिए। नर्सिङ टिममा गीता बिक, रेनुका चौधरी र शोभा राईको संलग्नता थियो।
तपाईँको अभिमत