नेपाल मेडिकल काउन्सिलको ६४औं लाइसेन्स परीक्षामा ८६३ जना पास
अ +
अ -
नेपाल मेडिकल काउन्सिलको ६४औं चिकित्सक दर्ता प्रमाणपत्र(लाइसेन्स) परीक्षाको नतिजा आएको छ ।
बिहीबार, शुक्रबार र शनिबार सञ्चालन भएको परीक्षाको नतिजा शनिबार राति आएको हो ।
परीक्षाका लागि २०६० जनाले आवेदन दिएकोमा २१ जना अनुपस्थित रहेको काउन्सिका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
डा.अधिकारीका अनुसार ८६३ जना लाइसेन्स परीक्षामा पास भएका छन् भने ११७६ जना अनुतीर्ण भएका छन् । उतीर्णको प्रतिशत ४२.३२ रहेको छ ।
उतीर्ण हुनेमा मेडिकलतर्फ ७४० र डेन्टलतर्फ १२३ जना छन् । मेडिकलतर्फ ४३.८९ प्रतिशत उतीर्ण हुँदा डेन्टलतर्फ ३४.८४ प्रतिशत उतीर्ण भएका छन् ।
परीक्षामा कुनै अप्रिय घटना नभएको डा.अधिकारीले जानकारी दिनुभयो।
तपाईँको अभिमत